-->
बसमा देखियो : केपीको बोली, आज नभए पनि भोलि
Advertisement

काठमाडौं, असार ५ - बस ट्रकमा मायाप्रेम, चालक र सहचालकको जिन्दगी तथा अरु सामाजिक विषयमा लेखिएका साहित्य त सबैले देखेजानेकै हो ।
तर गाडीवालाले मायाप्रेम र सामाजिक विषयमा मात्र होइन, राजनीतिक घटनाक्रम र राष्ट्रियताको विषयमा पनि साहित्य फुराउने र कोर्ने गरेका छन् । भारतले नाकाबन्दी गरेपछि धेरै गाडीमा राष्ट्रिय झण्डा सहित राष्ट्रिय भावना समेटिएका विचार र उद्गार गाडीमा देखिन थाल्यो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई लिएर पनि साहित्य आउन थालेका छन् । बुटवलमा चल्ने एउटा बसमा पनि यस्तै एउटा उद्गार कोरिएको छ । ‘केपीको बोली, आज नभएपनि भोलि’
लेखिएको बस देख्दा सबै छक्क पर्छन् । बसमा यस्तो किन लेखेको त ? ‘अहिले सबैतिर उहाँकै बोलीको चर्चा छ’ उज्यालोसँगको टेलिफोन कुराकानीमा बस धनी तथा चालक लवकुमार थापाले भन्नुभयो, ‘धेरैले उहाँको बोलीलाई उडाउने गरेका छन्, तर भविष्यमा यो सबै कुरा पूरा हुन्छ भनेर बुझाउन मैले यो लेखेको हो ।’
आफूले प्रधानमन्त्री ओलीको मात्रै नभएर तत्कालिन राजा पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्रका राष्ट्रियतासँग सम्बन्धित उद्गार र राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविता पनि बसमा लेख्ने तयारी गरेको थापाले बताउनुभयो । काभ्रे घर भएका थापाले बुटवलमा लोकल बस चलाउनुहुन्छ । उहाँले यो नयाँ बस केही दिनदेखि मात्र चलाउन सुरु गर्नुभएको हो । स्रोत: उज्यालो अनलाइन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.