१३ करोड पर्ने घडीमा के छ खास?
Advertisement
|
स्मार्ट वाच आएको पनि निकै समय भइसक्यो। हरेक कुरा स्मार्ट तर्फ गइरहेको बेला ग्रिउबेल फोर्से नामक कम्पनीले एक घडी ल्याएको छ जो स्मार्ट नभएपनि एकदमै महँगो छ।
१.२८ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) पर्ने यो घडी पारदर्शी सफायर (नीलम) ले बनेको छ। नीलम एक प्रकारको बहुमूल्य पत्थर हो जो निलो रङको हुन्छ।
यसमा भएका ३९६ वटा पाटपूर्जामा पारदर्शी नीलम प्रयोग गरिएको छ। अमेरिकामा यो घडी जम्मा ८ वटा मात्र उपलब्ध भएको बताइएको छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...