-->
संसदको बैठक ५ बजेका लागि सारियो
Advertisement

काठमाडौँ। व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।
आज अपरान्ह १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो । व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिनुभयो ।
भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।
विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।
सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ । रासस
nepalisandash.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.