-->
२० हजार जनालाई जागिर दिने गोल्छाका छोराछोरी भने अन्तै जागिरे
Advertisement

विराटनगर, १२ असार । नेपालमा गोल्छा परिवारले २० हजारजनाभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन् । तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरूकैमा जागिर खान्छन् ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ –अन्य जागिरेझैं समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरनखटनमा चल्छन् । सामान्य कर्मचारीसरह नै उनीहरू पनि मासिक तलब बुझ्छन् ।
गोल्छा अर्गनाइजेसनको जग बसाल्ने र यो औद्योगिक घरानाको सूत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात् उनका पनाति अभिमन्यु गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन् । विदेशमा पढाइ पूरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजीअन्तर्गत एनिमेसन विधामा ग्र्याजुएट अनुज्ञा भारतको नयाँदिल्लीमा जागिरे छन् ।
अनुज्ञा गोल्छा अर्गनाइजेसनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन् । अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन् । सुरेन्द्रका अर्का एक भतिजा पनि लन्डनमा पढ्दा त्यहाँको सिनेमा हलमा जागिर खान्थे । सुरेन्द्रले भने, ‘छोरीले ग्र्याजुएट नगरुन्जेल घरबाटै पढाइ र अन्य खर्च पठाइदिने गरेको थिएँ। अहिले आफैं जागिर खाँदैछिन्। छोरी आफ्नो खर्चको जोहो आफैं गर्न सक्षम भइन्।’
औद्योगिक घरानाका सन्तान भएर जागिर खाँदा त्यसले अर्थ राख्ने भएकाले आफूले पनि जागिर खान प्रेरणा दिएको सुरेन्द्रले बताए। आफ्ना सन्तानलाई जागिरमा लगाउँदा कामको महत्व र परि श्रम गर्ने बानी विकास भई त्यसले पछि आफैं उद्योग चलाउन मद्दत गर्ने निर्देशक सुरेन्द्रले बताए ।.khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.