-->
झरीमा पनि स्टाइलिस। झरीमा गेटअप मेन्टेन कसरी गर्ने ? कसरी देखिने स्टाइलिस ?
Advertisement

मनसुन सुरु भयो, झमझम झरी पर्न थाल्यो । झरी झिचोलेर दैनिक काममा सक्रिय नभई सुखै छैन । झरीमा घुमघाम या विशेष ठाउमा जाने वेला रोजेको कपडा पहिरिएर हिाड्दा पानी र हिलोले भिजेर झन्झट निम्त्याउाछ । अधिकांशलाई चिन्ता हुन्छ झरीमा गेटअप मेन्टेन कसरी गर्ने ?, झरीमा स्टाइलिस देखिने सूत्र :

लेडिज

मनसुनी रङ
झरी परेको मौसममा युवतीले चहकिलो रङका कपडा लगाउँदा स्टाइलिस देखाउँछ । टाढैबाट हेर्दा पनि चहकिलो देखिने कपडाले झरीमा एक्स्ट्रा लुक्स दिन्छ । कपडा बुट्टेदार भयो भने अझ उत्कृष्ट हुन्छ । भीडभाडमा हुनुहुन्छ भने पनि यस्ता कपडामा रहँदा सबैका नजर तपाईंमाथि पर्छ ।
लम्बाइमा विचार
झरीमा लगाउने कपडाको लम्बाइमा विशेष विचार पुर्याउनुपर्छ । भुइँसम्म लत्रिने खालका लामा कपडाले स्टाइलिस बन्ने तपाईंको चहानामा धोका दिनसक्छ । मध्यम लम्बाइ भएका रंगी–बिरंगी कपडा नै झरीमा उत्तम हुन्छ । अहिलेको फेसन ट्रेन्ड पनि यही हो । घुँडाभन्दा केही तलसम्म मात्रै आउने वान पिसले झरीमा बेस्ट लुक्स दिन्छ । लाइट कलर भएका कटन र डेनिम टिर्सट पनि झरीका लागि स्टाइलिस देखिने ड्रेसअप हो ।
पर्स–ब्याग
झरीमा वाटरप्रुफ ब्याग बोक्नुहोस् । बजारमा विभिन्न कलरमा वाटरप्रुफ ब्याग पाइन्छन् । पानीले भिजेर बिग्रिने डर हुँदैन भने ब्यागमा राखिएका समान सुरक्षित रहनेछन् । झरीमा ब्याग पनि चम्किलो खालका बोक्दा स्टाइलिस देखिन्छ ।
छाता–रेनकोट
छाता र रेनकोट सधैँ साथमा बोक्नुहोस् । बुट्टेदार छाता र रेनकोटमा लुक्स राम्रो दिन्छ । छाता र रेनकोटको रङ पर्स र स्यान्डिलसँग मिलाउँदा उत्कृष्ट देखिन्छ ।
स्कार्फ–चोकर्स
झरीमा स्कार्फ र चोकर्स लगाउने ट्रेन्ड छ । रेवन या सिफनको प्रिन्टेड कलरफुल स्कार्फले स्टाइलिस देखाउँछ । चोकर्स भने ड्रेससँग म्याच गराएर लगाउन सकिन्छ । ओपन खालको ड्रेसमा चोकर्सले बढी स्टाइलिस देखाउँछ ।
जुत्ता–चप्पल
झरीमा जुत्ताभन्दा चप्पल लगाउनु ठीक हुन्छ । ड्रेसअपसँग म्याच हुने रंगी–बिरंगी खालका चप्पल लगाउँदा स्टाइल मेन्टेन गर्न सकिन्छ । पन्जातिरको भाग खुला भएका चप्पल ठीक हुन्छ ।
जेन्ट्स
टिसर्ट
झरी सिजनमा धेरै लुज र धेरै टाइट दुवै खालका टिसर्टले स्टाइलिस देखाउँदैन । हल्का लुज फिटिङ टिसर्ट उत्तम हुन्छ । कटनका टिसर्टले शरीरलाई पनि फाइदा गर्छ । जेन्ट्सलाई धेरै रंगीचंगी कलर राम्रो हुँदैन ।
डेनिम
अहिलेको फेसन ट्रेन्डमा डेनिमका ड्रेसअप खुबै चलेका छन् । डेनिम पहिरिने हो भने केही लुजमा स्टाइलिस देखिनुहुन्छ । यो मौसममा पसिना र पानीले शरीरमा बढी चिपचिप पैदा गर्ने भएकाले पनि डेनिम लुज नै राम्रो हुन्छ ।
जुत्ता–चप्पल
झरीको मौसममा जुत्तालाई बाइबाइ गरेर चप्पल पहिरिनु राम्रो हुन्छ । लोफर्स या लेदर स्यान्डिलले झरीमा स्टाइलिस देखाउँछ । ओरिजिनल लेदरलाई पानीले पनि बिगार्दैन । त्यसो त कम बजेटमा पाइने धुन सक्ने खालका रबर स्यान्डिल पनि बजारमा उपलब्ध छ । यस्ता स्यान्डिलले पनि स्टाइलिस लुक्स दिन्छ ।
छाता–रेनकोट
झरीमा छाता–रेनकोट अत्यावश्यक सामान हुन् । झरीमा आवश्यक यी चिज पनि स्टाइलिस देखिने गरी प्रयोग गर्ने हो भने केही विचार पुर्याउनुपर्छ । जेन्ट्सलाई कालो रङको छाता नै ठीक हुन्छ । रेनकोट भने ब्ल्याक या ब्लु बढी स्टाइलिस देखिन्छ । रेनकोटका डिजाइन भने इच्छाअनुसार बजारमा पाइन्छन् ।
ब्रासलेट या घडी
युवकको हातमा ब्रासलेट या घडी हुँदा स्टाइलिस लुक्स आउँछ । यो मौसममा छोटा बाहुला भएका कपडा पहिरिने भएकाले हातमा ब्रासलेट या घडी लगाउँदा नै राम्रो हुन्छ । स्पोर्टी ब्रासलेट बढी उत्तम हुन्छ । झरीमा मेटलका चेन भने नलगाउनुहोस् । कतिपय अवस्थामा मेटलका चेनले एलर्जी पनि निम्त्याउन सक्छ । घडी भने वाटरप्रुफ लगाउनुहोला ।
क्याप
झरीमा स्टाइलिस देखिन चाहने योङ ब्वायलाई क्याप पनि एउटा गतिलो पहिरन हो । उत्ति नै खेर घाम लाग्ने र लगत्तै पानी पर्ने यो मौसममा क्यापले दोहोरो भूमिका नै खेल्छ । घाममा अनुहारको सुरक्षा गर्छ भने झरीमा कपालमा धुलो मिसिएको पानी पर्न दिँदैन । दुई फाइदासँगै क्यापले स्टाइलिस लुक्स त दिइहाल्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.