Advertisement
|
के तपाईं डण्डीफोरबाट ग्रसित हुनुहुन्छ ? या डण्डीफोर हटाउने उपायको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने, आफ्नै भान्सामा उपलब्ध गोलभेंडालाई प्रयोग गर्नुहोस् । गोलभेंडामा भिटमिन ए, बी, सी, ई र के लगायतका पौष्टिक तत्व पाइन्छ । जसले अनुहारको डण्डीफोर हटाइ छालामा चमक ल्याउनुको साथै छालामा अम्ल र क्षारको मात्रा पनि मिलाउँछ ।6
यसले अनुहारको डण्डीफोर र दागहरु हट्न सक्छ । धेरै कस्मेटिक उपचारमा पाइने स्यालिसिल्क अम्ल गोलभेंडामा पाइन्छ । त्यसैले अनुहारको चमकका लागी गोलभेंडालाई अचुक औषधि मानिन्छ । कसरी प्रयोग गर्ने ? गोलभेंडालाई काट्नुहोस र यसलाइ १५ मिनेट सम्म मनतातो पानिमा राख्नुहोस । गोलभेंडाको बाहिरी पत्र निकाल्नुहोस् र त्यसको लेदो बनाएर अनुहारमा दल्नुहोस । एक घण्टा सम्म यत्तिकै बस्नुहोस् । यदी दुख्यो या चहर्यायो भने काक्रो र दहिको लेदो पनि लगाउन सकिन्छ ।
अन्तिममा गोलभेंडाको रसले अनुहार धुनुहोस । एक चम्चा जति गोलभेंडाको रसमा केही थोपा कागतिको रस हाल्नुहोस् । यसलाई डण्डीफोर आएको ठाउँमा लगाउनुहोस् र पाँच मिनेट पछि मन तातो पानिले मुख धुनुहोस् । नियमित यो प्रकृया अपनाउँदा डण्डीफोर धेरै हदसम्म हराउँछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...