बस पल्टिँदा चार घाइते
Advertisement
|
काठमाडौँ , असार १० – गण्डक नहरअन्तर्गत रौतहट र बाराको सिमानामा पर्ने अडुवा खोला नजिक ना.४ ख ७८५३ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार चारजना घाइते भएका छन् ।
घाइते हुनेमा रौतहट पथरा बुधराम वडा–२ का राजेश यादव, सोही ठाउँका अमरजित राय यादव, उमेश यादव र पर्सा विश्रामपुर घर भई रौतहटस्थित रामपुरखाप प्रहरी चौकीमा कार्यरत प्रहरी रामेश्वरप्रसाद यादव घाइते भएको प्रहरी चौकी बस वरियाका प्रमुख सुनिलकुमार शर्माले बताउनुभयो ।
घाइते सबैको सिम्रौनगढस्थित पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
– रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...