-->
चालक अनुमतिपत्र लिने कार्यालयमा चरम लापर्बाही
Advertisement

ओएस नेपाल

, इटहरी, ६ असार । यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् । सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ ।

चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन दलाललाई रु दुई हजार दिनुपर्छ नत्र फर्म दर्ता सम्भव हुन सक्दैन । चालक अनुमतिपत्र पाउनका लागि रित पु¥याउन मानिसको स्वास्थ्य र दृष्टि जाँच अनिवार्य हुन्छ । तर त्यहाँ चिकित्सक छैनन् उनले सहि गरी छाडेको तयारी सिफारिसका कागज हात हातमा बिक्छ ।

फागुनपछि चालक अनुमतिपत्र कार्यालय इटहरीले नयाँ चालक अनुमतिपत्र प्राप्तिका लागि आइतबार फर्म खोल्यो र बिहानैदेखि हजारौ मानिस फर्म प्राप्तिका लागि लाइनमा उभिए तर दिनको ३ बज्न नपाउँदै फर्म वितरण बन्द गरियो । झन्डै आधा मानिसले दिनभर लाइनमा बसेर पनि फर्म पाउने अवस्था भएन । यसो हुनु भनेको चोरबाटो लाग्नु भन्ने हुँदो रहेछ ।

कार्यालय प्रमुख श्याम सिंहले झन्डै छ हजार मानिसले फर्म प्राप्त गरेको र उनीहरुले प्राप्त गरेको फर्म कतिपयले हिजो र आजदेखि दर्ता गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
फर्म प्राप्त गर्नै गाह्रो रहेछ नि भनी प्रश्न गर्दा उहाँले फर्म रेडक्रसले वितरण गर्ने गरेको छ त्यो कार्यालयले भन्दा पनि रेडक्रसले जान्ने कुरा हो भन्नुभयो ।

फर्म वितरण र दर्ताका लागि लाग्ने भीड नियन्त्रणका लागि बिहानैदेखि सयौँ जना सुरक्षाकर्मी समेत परिचालित भएका छन् तर पनि कतिपय सोझा सिधा सेवाग्राहीले समान रुपमा फर्म प्राप्ति गर्नु नै कठिन कार्य भइरहेको अधिकांश सेवाग्राहीको गुनासो रहेको पाइएको छ ।कार्यालयले माघ र फागुन महिनामा आठ हजार फर्म दर्ता गरेको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.