-->
ईरानको बैंकमा जागिर खान चाहन्छन् ओवामा
Advertisement

एजेन्सी।इरानमा तपाईले सरकारी जागिर गर्नु भयो भने तपाईले कति कमाउनुहुन्छ होला ? यो प्रश्नलाई यतिवेला ईरानमा अनलाईन ट्रेन्ड बनाएर प्रचार गरि राखिएको छ ।
यस्तो तब भयो जव कैयौं सरकारी अधिकारीहरुको आम्दानीको स्लिप अनलाईनमा लिक भयो र त्यसलाई केहि मिडियाहरुले छापामा ल्याए ।
त्यस मार्फत नै थाहा भयो कि सरकारी अधिकारीहरुको तलव अत्याधिक छ ।उनीहरुलाई बोनस पनि प्राप्त हुने र ब्याज विना नै लोन दिईने रहेछ ।
उदाहारणको रुपमा एक सरकारी बैंकको म्यानेजरलाई हरेक महिनामा ५० हाजर पाउण्ड तलव दिईने रहेछ ।त्यस भन्दा ठिक विपरित केहि तलवका स्लिपहरु यस्ता पनि भेटिएका छन् ।
जस्तो केहि शिक्षकहरु, नर्सहरु र पत्रकारहरुलाई महिनाको ३०० पाउण्ड तलव दिईने रहेछ ।विपक्षी राजनैतिक गुटहरुले यसै विषयलाई लिएर राष्ट्रपति रोहानी नेतृत्व सरकारको आलोचना गरिरहेका छन् ।
तर वर्तमान सरकारले तलव र बोनस दिने परम्परा इरानका पुर्व राष्ट्रपति महमुद अहमदीनेजादको प्रशासनले चलाएको बताएको छ ।ट्विटर प्रयोग गर्ने इरानी जनताले यो विषयमा फरक फरक टिप्पणी गरिरहेका छन् ।
त्यस्तै एउटा ट्वीटमा भनिएको छ, ”ओबामाले आफ्नो राष्ट्रपति कार्यकाल सकिएपछी जागिरको लागि ईरानको बैंकमा आफ्नो सिभि पठाएका छन्। ”Nepalisandash.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.