-->
औषधि खाँदा…ध्यान दिनुपर्ने कुराहरु,,,,, एकपटक पढौ र सेयर गरौ
Advertisement

ग्यास्ट्राइटिसलगायत पेटका कतिपय रोगको औषधि खाली पेटमा सेवन गर्नुपर्छ । खाली पेटमा खानुपर्ने औषधि खाना खाएपछि सेवन गर्दा रोग निको नहुन सक्छ ।
धेरै रोगका औषधि खानापछि खाने खालका हुन्छन् । खानापछि खाने औषधि खाली पेटमा खायो भने शरीरमा एसिडिटी बढाइदिन्छ र दीर्घकालमा साइड इफेक्टको खतरा हुन्छ ।
प्राय: फ्याट सोलेवल औषधि खाना खाने क्रममा बीचैमा खानुपर्ने हुन्छ । यस्ता औषधि खाली पेटमा खायो भने शरीरमा एसिडिटी बढाउने तथा ग्लुकोजको मात्रा कम गराउँछ ।
बिरामीको शारीरिक अवस्थालाई ध्यान दिादै कतिपय औषधि बिहान खान सिफारिस गरिएका हुन्छन् । पिसाब लगाइरहनुपर्ने औषधि बिहानका लागि सिफारिस गरिन्छ ।
एकैपटक दुई या दुईभन्दा बढी औषधि चलाइएका कतिपय बिरामीले एकैचोटीमा सबै औषधि खाइदिने गल्ती गर्छन् । यसरी औषधि खाँदा एक–आपसमा रियाक्सन भएर काम नै गर्न नसक्ने हुन सक्छ ।
डा. न्हुच्छेराम डंगोल
वरिष्ठ जनरलिस्ट, वीर अस्पताल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.