Advertisement
|
काठमाडौं, १० असार। विभिन्न राजनीतिक दलको संरक्षणमा काठमाडौंमा गुण्डागर्दी गर्दै आएका डनहरु एकपछि अर्को प्रहरी इन्काउन्टरमा मारिएपछि ब्यापारीहरु उनीहरुको ज्यादतीबाट मुक्त भए ।
टोलटोलमा दुःख दिने र हप्ते उठाउँदै दुःख दिने चर्चित डनहरु प्रहरी इन्काउन्टमा मारिएपछि ठूलो राहत भए पनि साना टोले गुण्डाहरु उत्तिकै मौलाएका छन् ।
टोले गुण्डाहरुको ज्यादतिपछि प्रहरीले उजुरीका आधारमा विहीबार विजुलीबजारबाट काठमाडौं बाफल बस्ने गुण्डा नाइके ३० वर्षीय जसवन्त राई भन्ने अश्विनकुमारलाई पक्राउ गरेको छ । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ ।
गुण्डा नाइकेहरुलाई संरक्षण गर्दै आएका कांग्रेस नेताहरुले राईलाई पनि संरक्ष्ण गरेको प्रहरीको दाबी छ । काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परि प्रमाण र पीडितको किटानी जाहेरीसहित मुद्दा बुझाएका अभियुक्तलाई कांग्रेसकै दबाबमा बारंबार छुट्दै आएका छन् ।
विहीबार गोली हानेर पक्राउ गरिएका राइ यसअघि दुई दुई पटक पक्राउ पर्दैै छुट्दै आएका थिए । राई गत साउन ८ मा ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए ।
राईलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई वर्षअघि दुई हजार र पाँच हजार धरौटीमा छोडिदिएको थियो । राईले कंलकी, कालिमाटी र कुलेश्वर, बाफल, सामाखुसी, बालाजु लगायतका क्षेत्रमा गुण्डागर्दी गर्ने समाजमा आतंक मच्चाउने तथा हप्ते असुली गर्ने गरेको प्रहरीको दाबी छ ।
पछिल्लो समय गुण्डा नाइके कुमार श्रेष्ठ घैटे प्रहरी मुठभेडमा मारिएपछि फरार रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा काम गर्दै आएका राईको समुहलाई नेपाली काँग्रेसका केन्द्रीय नेताको सर्मथन रहँदै आएको प्रहरी स्रोतको दाबी छ । प्रहरी इन्काउटरमा मारिएका घैंटेको पक्षमा बोल्दा कांग्रस युवा नेता गगन थापा पनि निकै आलोचित भएका थिए ।
khabardabali

0 comments
प्रतिक्रिया दिनुहोस्...