Advertisement
|
डिसीनेपाल डटकम – हास्य कलाकार केदार घिमिरे अर्थात ’माग्नेबुढा’ विगत एक महिनादेखि कुनै सार्वजनिक कार्यक्रम र ’खासखुस’ टेलिश्रृंखलामा देखिएका छैनन् ।
यिनै माग्ने बुढाको खोजी हुँदै जाँदा उनी बिरामी भएर आराम गरिरहेको अवस्थामा फेला परेका छन् । पछिल्लो समय विल्सन विक्रम राईसँग मिलेर खासखुस नामक सिरियल बनाएका माग्ने बुढा सानो आन्द्रामा भएको समस्याका कारण उपचारमा लागिपरिरहेका छन् ।
सानो आन्द्राको चार पत्र मध्ये एक पत्र किटाणुले खाईदिएपछि उनी बिरामी परेका हुन् । उनी अहिले सबै काम छोडेर घरमै आराम गरिरहेका छन् । चिकित्सकले उनलाई धेरै नबोल्ने, धेरै नहिँड्न र खानपिनमा ध्यान दिन सुझाव दिएका छन् ।
फिल्म छक्का पञ्जाको सुटिङ देखि नै समस्या देखिन थालेपनि प्रेसर लो भएको भन्दै जीवनजल खाँदै सुटिङ सके । तर पछि चेकअप गर्दा आन्द्राको एक पत्र नै किराले खाएको माग्ने बुढाको भनाई छ ।
सामान्य समस्यामा आफैँ जान्ने भएर औषधि नखान र समयमानै चेकअप गर्न माग्ने बुढाले सुझाव समेत दिएका छन् ।
dcnepal

0 comments
प्रतिक्रिया दिनुहोस्...