-->
शरीरको त्वचामा चमक ल्याउने ५ घरेलु उपाय
Advertisement

डिसीनेपाल डटकम – शरीरको त्वचालाई बढ्दो उमेरसँग विशेष ध्यानको जरुरी हुन्छ । छालालाई नरम, कोमल र स्वस्थ बनाउनको लागि खानपिनको पनि मुख्य भुमिका हुन्छ । आज हामी त्वचलाई स्वस्थ र चमकदार बनाउने पाँच फलफूलको बारेमा बताउँछौँ ।
सुन्तला - सुन्तलामा भरपूर मात्रामा भिटामिन सी पाईन्छ, जसले त्वचाको रंगमा परिवर्तन गर्न दिँदैन । सुन्तलाको सेवनले तपाईको त्वचा सधैँ निखर देखिन्छ ।
गाजर - गाजरको सेवनले छालालाई भित्रै देखि सफा गर्दछ भने यसको लेपले छालामा देखिएको दागहरुलाई हटाउने गर्छ । गाजरमा भिटामिन ए भरपूर पाईन्छ ।
कागती - कागतीमा प्राकृतिक ब्लीचिंग गुण हुन्छ, जसले गर्दा यसलाई सौन्दर्य प्रशाधनमा बढि उपयोग मानिन्छ । यो त्वचाको लागि निकै फाईदाजनक छ ।
खरबुजा - खरबुजामा धेरै मात्रामा एन्टी अक्सीडेन्ट हुनेगर्दछ जसले त्वचामा निखार ल्याउनको लागि मद्दत गर्दछ । त्वचलाई रुखो बनाउने तनावलाई खरबुजाको सेवनबाट दूर गर्न सकिन्छ ।
ओखर - ओखर एक प्रभावकारी सौन्दर्य सामाग्री हो, जसले डार्क सर्कल, ड्राई स्किन, डण्डीफोर जस्ता समस्याबाट छुटकारा दिने गर्दछ । यसले त्वचाको रक्त सञ्चारलाई पनि सहयोग गर्दछ । यसमा पाईने ओमेगा ३ ले अनुहारको छालालाई चम्किलो बनाउँदछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.