नेइमार रियल मड्रिडमा ?
Advertisement
|
असार १२ – बार्सिलोनाका स्ट्राइकर नेइमार रियल मड्रिड जाने सम्भावना शून्य रहेको नेइमारका बुवाले बताएका छन् । नेइमारका बुवाले आफ्नो छोरा बार्सिलोनामा खुसी रहेकाले रियल मड्रिडमा अनुबन्ध हुने सम्भावना नरहेको बताएका हुन् । नेइमारले ला लिगा च्याम्पियन बार्सिलोनासँग सन् २०१८ सम्मको सम्झौता गरेका छन् ।नेइमारका बुवाले भने ‘अरुले मेरो छोराका बारेमा दशौं हजार कुरा गरेका छन् । तर उ बार्सिलोनमा खुसी छ र रियल मड्रिड जाने सम्भावना शून्य जस्तै हो ।’ फक्स स्पोर्टस ब्राजिलसँगको कुराकानीको क्रममा नेइमार सिनियरले भने ‘नेइमारको मालिक बार्सिलोना हो र कुनै पनि कुरा बार्सिलोना तथा नेइमारबिचको छलफल बिना तय हुँदैन ।’
– एजेन्सीको सहयोगमा

0 comments
प्रतिक्रिया दिनुहोस्...