-->
प्रचण्डको भ्रमण स्थगनबारे अष्ट्रेलिन राजदूतको चासो
Advertisement

प्रचण्डको भ्रमण स्थगनबारे अष्ट्रेलिन राजदूतको चासो

अष्ट्रेलियाबाट प्रचण्ड असुरक्षित नरहेको स्पष्टोक्ति

Prachanda
अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्नो सरकारका तर्फबाट प्रचण्डको सुरक्षामा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।
प्रचण्डसँग भेट गर्न राजदूत ह्वाइट मंगलबार बिहान लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेका थिए । यसक्रममा उनले प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको कारणबारे चासो राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटबारे प्रचण्डको सचिवालयले भनेको छ- ‘अष्ट्रेलियन राजदुतले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराउनुभयो ।’
यसैसाता माओवादी अध्यक्ष प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमण स्थगित गरेपछि यसबारे विभिन्न आशंकाहरु हुँदै आएका थिए । अष्ट्रेलियामा प्रचण्डविरुद्ध उजुरी परेको र उनी पक्राउ पर्न सक्ने भएकाले भ्रमण स्थगित भएको धेरैको अनुमान थियो ।
जवाफमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफु अवगत रहेको बताए । वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको उनले बताए ।
अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि भ्रमण स्थगित गर्नु परेको उनले बताए । साथै उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने बताएका छन् ।
भेटमा प्रचण्डले संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहेको बताए । ‘यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।’
राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराए ।

 


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.