-->
५ लाख मलाई होइन, भूकम्प पीडितलाई दिनुस्: पूर्वपरराष्ट्रमन्त्री पाण्डे
Advertisement

असार ८, २०७३- पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सरकारले दिने ५ लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । ‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत मन्त्रिपरिषदको जेठ १३ को बैठकले एकै दिन ३१ जनालाई डेढ करोड रुपैयाँभन्दा आर्थिक सहायता दिने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार पाण्डेलाई पनि उपचार खर्चवापत सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
पाण्डेले आफूलाई उक्त रकम आवश्यकता नरहेको बताउँदै इकान्तिपुरसँग टेलिफोनमा भने, 'पहिला त प्रधानमन्त्री ज्यूलाई धन्यवाद दिन चाहन्छु । उहाँले मेरो लागि उपचार खर्च दिनु भयो । तर उक्त खर्च मलाई चाहिन्न ।'
उनले १०/१२ दिनअघि नै मुख्य सचिवलाई फोन गरेर आफूलाई उक्त रकम नचाहिने जानकारी गराएको बताएका छन् । उनले भने, 'मैले मुख्य सचिवलाई भनेको थिएँ । यो रकम मलाई हैन भूकम्प पीडितलाई दिनुहोस् ।'
उनले यसरी रकम दिँदा जनतामा राम्रो प्रभाव नपर्ने भन्दै मुख्य सचिवसमक्ष आफूलाई रकम नदिन आग्रह गरेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.