-->
तनहुँमा नारा लाग्यो- ‘भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रवादी ओली सरकार जिन्दावाद’
Advertisement

तनहुँ, ३ साउन । तनहुँका युवाहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र्यालीसहित प्रदर्शन गरेका छन् ।
स्वतन्त्र युवा समुहको नाममा युवाहरुले प्रधानमन्त्री ओलीको पक्षमा नारा लगाएका थिए । भारतीय विस्तारबादको षड्यन्त्रको कारण राष्ट्रवादी ओली सरकार हटाउन लागिएको भन्दै युवाहरुले भारतीय खेलमा लाग्ने दल र दलका नेताहरुलाई खबरदारी समेत गरेका थिए । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रवादी ओली सरकार जिन्दावाद’, ‘आइ एम वीथ केपी ओली’ जस्ता नारा लगाएका थिए ।
दमौलीको अनशन चोकबाट राष्ट्रिय झण्डा र प्लेकार्ड सहित र्यालीमा निस्किएका युवाहरुले दमौली बजारको परिक्रमा गरि पुनः अनशन चोकमा आई कोणसभा गरेका थिए । कोणसभामा प्रधानमन्त्री ओलीको पक्षमा कविता र गजल समेत प्रस्तुत गरिएको थियो । सो कोणसभामा हालै मात्र राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत व्यास ११ का विकल्प ढुङ्गाना, विपिन वाग्ले, पृथ्वि भुजेल लगायतका युवाहरुले सम्बोधन गरेका थिए ।
युवाहरुको र्यालीलाई एमालेका जिल्ला स्तरिय नेताहरुले समर्थन गरेका थिए । र्यालीमा सहभागी युवाहरुले आफुहरु कुनै पनि पार्टीको कार्यकर्ता नभएको र वर्तमान प्रधानमन्त्री केपी ओलीले देशलाई आत्मनिर्भर बनाउने र राष्ट्रियतालाई मजबुत बनाएकै कारण उनको पक्षमा र्यालीमा सहभागी भएको बताएका थिए ।
इतिहाँसले अहिले जत्तीको राष्ट्रवादी प्रधानमन्त्री कहिल्यै नपाएको भन्दै युवाहरुले ओलीलाई अव पाँच बर्ष काम गर्न दिए मुलुकको परिवर्तन अवश्य हुने दावी समेत गरेका थिए ।
दैनिक नेपालबाट।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.