-->
भारतीय पक्षले निर्माण गर्न लागेको नाला सशस्त्र प्रहरीले रोके
Advertisement

गौशाला, महोत्तरी जिल्लासँगै जोडिएको भारत विहारको मधवापुरमा भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन् ।
जिल्लाको मटिहानी गाविसमा अवस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुर सहरमा भारतीय पक्षद्वारा नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्काले बताउनुभयो ।
बिहीबार दिउँसो भारतीय पक्षले सीमा स्तम्भ नम्बर २९७ नजिकै नेपाली भूमिमा ६÷७ फिट जग्गा ओगट्ने गरी बनाउन लागिएको नाला सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले रोक्का गरेको छ ।
भारतीय पक्षबाट सीमा सुरक्षा बल ९एसएसबी० र नेपाल तर्फबाट सशस्त्र प्रहरीले एकापसमा सम्झौता गरेर नाला निर्माणको काम ठप्प पारेको छ ।
सशस्त्र प्रहरीले भारतीय पक्षबाट नेपाली भूमिमा बनाउन लागिएको नालाबारे सम्बन्धित निकायमा जानकारी पठाएको र माथिको आदेशानुसार थप क्रियाकलाप गरिने सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । रासस News24Nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.