-->
चिनको कमजाेरीले नेपाललाई भयो ठुलो नोक्सान, त्यो कसरी ?
Advertisement

आषाढ २४, काठमाडौं । चीनले आफ्नो भूभागमा भएको नदी र पोखरीको अवस्थाबारे जानकारी नदिँदा भोटेकोसीले ठूलो क्षति गरेको देखिएको छ । तिब्बत हुँदै नेपाल तर्फ बग्ने भोटेकोसी यसअघि नै थुनिएको पत्ता लागेको छ । पहिरोका कारण थुनिएर पोखरी भएको भोटेकोसीनजिक दुई दिनअघिको वर्षाले अर्को पहिरो गएपछि बाढी आएको पुष्टि भएको हाे ।
गत वर्षको भूकम्पका कारण थुनिएको भोटेकोसीबारे नेपाल सरकार तथा सरोकारवाला निकायसँग कुनै जानकारी थिएन । चिनियाँ भूउपग्रह तस्विरअनुसार बोइकुको तिब्बतको न्यालम भन्ने स्थानमा पोखरी फुटेको हो । उक्त पोखरीमा जम्म भएको पानी फुटेपटि पहिरोका रुपमा बाह्रबिसेसम्म् असर देखिएको हो ।
न्यालम र झ्याङमु भन्ने स्थान नजिक रहेको सात साय सात मिटर लामो पुलनजिकको पोखरी फुटेको जानकारी चिनियाँ वैज्ञानिकले दिएको भोटेकोसी बाढीको अध्ययन गरिरहेका बैज्ञानिक विनोद पराजुलीले बताए । तर नदी थुनिदा बाह्रबिसेको क्षेत्रमा पानीको सतह घट्नुपर्ने थियो तर त्यो भएको देखिएन ।
भोटेकोसीको मुख्य स्रोत तिव्वती हिमताल हुन् । यस क्षेत्रमा भएका आठ हिमलातमध्ये केही हिमताल विस्फोटको खतरामा रहेको प्रतिवेदन सार्वजनिक भएको थियो । तर नदीबारे भने चिनियाँ पक्षले सूचना नदिँएको सरकारी अधिकारीहरुको दाबी छ । भारतसँग भने नेपालले सबै नदीबारे सूचना नियमित रुपमा उपलव्ध गराइरहेको छ । पुर्बेलीन्युजबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.