-->
उचाईमा पुगेर सुनको भाउ स्थिर
Advertisement

बिहीबार सुनचाँदीको भाउ स्थिर छ । बुधबार अढाई वर्षयताकै महँगो भएर ९ सय ५ रुपैयाँ प्रतितोला पुगेको चाँदी विहिवार पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै सुन पनि विहिवार बुधवारकैै भाउ ५९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा चाँदीको मूल्यमा ठूलो वृद्धि देखिएकाले सोअनुसार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस असार १ गते १७ डलर ४७ सेन्ट रहेकोमा विहिवार प्रति औंस २० डलरभन्दा बढी पुगेको छ । यसै कारण नेपाली बजारमा पनि चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.