-->
सिलिन्डर ग्याँस भान्सामा जडान गर्दा बिस्फोट
Advertisement

नवलपरासी , साउन १४
नवलपरासी जिल्लाको कावासोतीमा शुक्रबार दिउंसो खाना पकाउने ग्यास बिस्फोट भएको छ । कालिगण्डकी इन्टरप्राईजेजबाट लगिएको नयाँ ग्यास सिलिण्डर जडान गर्ने क्रममा बिस्फोट भएको प्रहरीले जनाएको छ ।
कावासोती ८ साईराम मन्दिर नजीकै कमला सुबेदीको भान्सा कोठामा ग्याँस पड्कीदा भान्सा कोठा र सोही कोठाको छाना र भित्तामा क्षति भएपनि मानविय क्षति भने हुन पाएन् ।
विस्फोटपछि राजधानी ग्यासंका प्रतिनिधि आएर घटनाको प्रकृति हेरेर क्षतिपूर्तिको व्यवस्था मिलाईने ग्याँस विक्रेता संघ नवलपरासीले जानकारी दिएको छ ।
पछिल्लो समय नेपालका विभिन्न स्थानमा ग्यास सिलिण्डर बिस्फोट हुने घटनाले तिव्रता पाएको छ । बजारमा म्याद नाघेका सिलिण्डरको विगविगीको कारण यस्ता घटना बढेको हुन सक्ने जानकारहरुको भनाई छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.