साउनको पहिलो सोमबार शिव मन्दिरमा दर्शनार्थीको घुईंचो
Advertisement
|
काठमाडौं, साउन ३ – साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । साउनभर शिवको पूजा हुने भएपनि सोमबार भने व्रतसहित विशेष पूजाअर्चना गर्ने चलन छ ।
साउनका सबै सोमबार शिव मन्दिरहरुमा विशेष मेला लाग्ने गर्छ । महिलाहरुले साउनमा व्रत बसेर हरियो, पहेंलो र रातो रंगको वस्त्र, चुरा तथा मेहन्दी लगाउने गर्छन् ।
यसवर्षको साउनमा ५ वटा सोमबार परेको छ । साउन महिनाभरी महादेवको आराधनामा बोलबम यात्रा गर्ने चलन पनि छ ।उज्यालो अनलाइनबाट।

0 comments
प्रतिक्रिया दिनुहोस्...