-->
पार्किङ्ग विवादका कारण पोखराकै ठूलो मध्येको ‘पोखरा ट्रेड मल’ बन्द
Advertisement

नवराज ढुङ्गाना
पोखरा, ३ साउन-
पार्किङ्ग शुल्क उठाउने बिषयमा विवाद भएपछि पोखराकै ठूलोमध्येको पोखरा ट्रेड मल व्यवसायीहरुले बन्द गराएका छन् ।
सञ्चालक समितिले पार्किङ्ग व्यवस्थापन गर्ने भन्दै यही साउन १ गतेदेखि ट्रेड मलमा आउने ग्राहकहरुसँग मोटरसाइकल तथा कारको पार्किङ्ग शुल्क लिने निर्णय गरेपछि मलमा व्यवसाय गर्ने व्यवसायीहरुले नै व्यापार बन्द गरेर विरोध जनाएका हुन् ।
उनीहरुले सञ्चालक समितिको निर्णय नसच्चिएसम्म आफ्नो व्यापार व्यवसाय ठप्प पार्ने चेतावनी दिएका छन् । सञ्चालक समितिले मोटरसाईल पार्किङ्ग गरेबापत् प्रति ३ घण्टाको ५ रुपैयाँ र कारको प्रति ३ घण्टाको १० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो । यस्तै, ट्रेड मलभित्रै व्यापार गर्ने व्यवसायीले भने मासिक रुपमा मोटरसाईकलको १ सय रुपैयाँ र कारको ५ सय रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको थियो ।
तर निर्णय व्यवहारिक नभएको र शुल्क लिन थालेपछि ग्राहकको संख्यामा कमी आई व्यवसाय धरापमा पर्ने भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । पोखरा ट्रेड मलका सञ्चालन प्रबन्धक मिनराज काफ्लेले भने व्यवसायीको व्यापारमा असर पुर्याउने आफूहरुको उद्देश्य नभएको भन्दै पार्किङ्ग व्यवस्थापनका लागि मात्रै यो निर्णय गरिएको बताए ।
“ट्रेड मलसँग असम्बन्धित अन्य व्यवसायी तथा व्यक्तिहरुले यहाँ ल्याएर गाडी पार्किङ्ग गर्दा हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे प¥यो ।” विग न्यूजसँग कुरा गर्दै उनले भने– “बाहिरका व्यवसायीका कारण यहीँ व्यापार गर्ने व्यवसायी र किनमेलका लागि आउने ग्राहकलाई समस्या भयो । त्यही भएर पार्किङ्ग व्यवस्थापनका लागि यो निर्णय गरेका हौं । पार्किङ्ग शुल्कबाट पैसा कमाउने हाम्रो उद्देश्य होईन ।”
काफ्लेले अन्य ठाउँहरुमा पनि पार्किङ्ग व्यवस्थापनका लागि यो अभ्यास सफल भैरहेकाले व्यवसायीले विरोध गर्नु राम्रो नहुने बताए ।
गतबर्षको माघदेखि सञ्चालन भएको ट्रेड मलले मल व्यवस्थापन तथा पार्किङ्ग व्यवस्थापनका लागि कन्सल्टेन्ट नै नियुक्त गरेर ग्राहकहरुलाई स्तरीय सेवा दिने प्रयास गरिरहेको उनको भनाई छ । ट्रेड मलमा विभिन्न प्रकृतिका ३ सय ५० भन्दा बढी पसल रहेका छन् । Nepal reports


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.