-->
खुकुरी प्रहारबाट हत्या गरी फरार भएको व्यक्ति पक्राउ
Advertisement

साउन ०५, पाँचथर । एकै परिवारका तिन ३ जनालाई खुकुरी प्रहार गरी फरार भएका पाँचथर फिदीम २ बस्ने वर्ष १९ को मनोज तुम्बापो पक्राउ परेका छन् । घट्ना पश्चात फरार भएका अभियुक्तलाई जिल्ला नाका बन्दी गरी खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलिले पाँचथर र तेह्रथुम जिल्लाको सिमानामा पर्ने सिम्ले भन्ने स्थानबाट उक्त घट्नामा प्रयोग गरेको १ थान खुकुरी सहित लुकिछिपि भागी हिंड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरी पाँचथर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धाको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको छ ।
साउन ४ गते राती छिमेकिको घरमा क्रियापुत्री रुङ्न गएका मनोज र सोही कामको लागी गएका देवराज ईवा बीच विवाद भएपछि ईवा आफ्नो घरतर्फ लागेका थिए भने मनोज उनको घरसम्म पिछा गर्दै गई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाईते भएको देखी छुट्याउन आएका ईवाका १८ वर्षीय छोरा आईन्द्र बिक्रम ईवा र ३० वर्षीय छोरी सावित्रा ईवा समेतलाई अन्दाधुन्दा खुकुरी प्रहार गरी फरार भएका थिए ।सो घटनामा घाईते भएका तिनै जनालाई उपचारको लागी अस्पताल लैजादै गर्दा देवराज ईवाको बाटैमा मृत्यु भएको छ भने अन्य २ जनाको धरान स्थित बिपी प्रतिष्ठानमा उपचार भैइरहेको छ। पुर्बेलीन्युजबाट साभार।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.