-->
नीताको सिउँदोमा सिन्दुर, बनिन् निखिलकी पत्नी
Advertisement

नायिका नीता ढुंगानाले आफ्नो फेसबुकमा केही तस्बिर पोष्ट गरिन् । जसमा उनलेको सिउँदोमा सिन्दुर स्पष्ट देखिन्थ्यो । अविवाहित नीताले सिन्दुर लगाएको तस्बिर पोष्ट गरेपछि धेरैले अचम्म पनि मानेका छन् ।
नायक निखिल उप्रेतीसँग खिचेको तस्बिर नीताले शेयर गरेकी हुन् । मधुसुदन भट्टराइको निर्देशनमा यतिबेला नीता र निखिल चलचित्र ‘निर्भय’को छायांकन गरिरहेका छन् ।
नीताले तस्बिरको बारेमा भनिन्-‘चलचित्रमा म निखिलको प्रेमिका र पत्नीको भूमिकामा छु ।’ निखिलसँग प्रेम गरेर बिहे गरेपछि नीताले सिउँदोमा सिन्दुर लगाएकी रहिछन् ।
करिअर धरमराउँदो अवस्थामा रहेकाले पनि नीताका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ । नायक निखिल उप्रेती भएका कारण पनि चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने आशा नीताको पनि छ ।स्रोत: अनलाइनखबर


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.