-->
एक करोडको सुनको सर्ट लगाउने ‘गोल्डेन म्यान’ को हत्या
Advertisement

१.२ करोड भारतीय रुपैयाँ मूल्य पर्ने सर्ट लगाएर चर्चामा आएका दत्तात्रे फुगेको हत्या भएको छ । बिहिबार राती करिब ११ः३० मा उनको हत्या भएको बताइएको छ । पुलिस अधिकारीका अनुसार उनलाई ढुङ्गाले हानेर हत्या गरिएको हो । उनको चिट–फन्डको बिजनेश थियो र उनी राजनीतिमा अघि बढिरहेका थिए ।
पुलिसले उनको हत्या चिट–फन्डमा भएको घोटालाका कारण हुनसक्ने आशंका व्यक्त गरेका छन् । घटनामा संलग्न भएको आशंकामा ४ व्यक्तिहरु पक्राउ गरिएको छ ।
फुगेले चिट फन्डमार्फत मोटो रकम जम्मा गरिसकेका थिए र उनले मानिसहरुलाई ब्याजमा पैसा पनि दिने गर्दथे । प्रारम्भिक अनुसन्धानका अनुसार करिब १० दिन पहिले फुगे र हमला गर्ने व्यक्तिहरुबिच पैसाको विषयमा निकै ठूलो झगडा परेको थियो ।karnali news


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.