-->
कसैको साथ पाएन मदन भण्डारीको पुख्र्यौली घरले
Advertisement

ताप्लेजुङ, ३० असार / नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै संघसस्थाहरु खुलेका छन् । भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न संघसस्थाले कृयाशिल रहदै नाम र चर्चा पनि कमाएका छन् । नेता भण्डारीकै योगदानले राजनितिमा उच्च छवि बनाएको पाटी नेकपा एमाले बर्तमान सरकारको नेतृत्वकर्ता पनि हो । यति मात्रै हैन स्वर्गिय नेता भण्डारीकै धर्मपत्नि विद्यादेवी भण्डारी बर्तमान राष्ट्रपति हुन् । तर तिनै स्वर्गिय नेता भण्डारीको जन्मघर एवम त्यही घर संग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुंगेसाँघुमा कम्तिमा पनि ओत लाग्ने छानोको अभावमा देखिएको छ ।
दुई तले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनै बेला पाटीको सभा, गोष्ठि हुँदा नेता कार्यकर्ताको खचाखच हुन्थ्यो । तर अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाई दिने कोही नहुँदा दिनानुदिन जिर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ । अहिले घरका भित्ताहरु उप्किएर गाह्रो भत्कन थालेको छ भने छानो मक्काएर झर्ने अवस्थामा पुगेको बताईन्छ ।
अहिले लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गाह्रो समेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा वर्षातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ । सोही घरमानै मदन भण्डारीको जन्म २००९ साल अषाढ १४ गते जन्म भएको हो । वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) त्यहाँ बाटनै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गरेका थिए । जन्मिएको १५ वर्ष सम्म सो घर गाँउमानै भण्डारीको जीवन वितेको थियो भने त्यस पछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाँई स¥यो ।
भण्डारी परिवारको बसाईसराई पछि घर सहितको जग्गा स्थानियले किनेर भोगचलन गरेको र किनवेच हुँदै पछिल्लो समयमा सम्पुर्ण जग्गाको केही भाग जुन घर सहित मदन भण्डारी स्मृति प्रतिष्ठानको नामा रहेको एमाले ताप्लेजुङका नेता कार्यकर्ताले बताएका छन् ।
सो क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्न राज्य स्तरबाटै केही कार्यक्रम गर्ने गरि मदन भण्डारी स्मृति प्रतिष्ठानले घर जग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए । तर अनेरास्ववियु ताप्लेजुङका अनुसार आस्वासन सिवाय अरु केही भएन । न त मर्मतनै भयो न घरको अवस्थाका बारेमा कसैलाई चासोनै छ, अव कसले गर्ला यस घरको मर्मत र सम्भार ? एमाले निकट सो विद्यार्थी संगठनले सो ठाँउमा पुगेर यस्तै प्रश्न गर्दै चासो बढाएको छ ।
विभिन्न समयमा सो मदन भण्डारीको पुख्र्यौली घर भनेर ठुलै चर्चा चल्ने गरे पनि मर्मत सम्भारका लागि कसैले वास्ता नगरे पछि बुधबार अनेरास्ववियु जिल्ला कमिटि ताप्लेजुङ र सोही विद्यार्थी संगठनकै पाथीभरा बहुमुखी क्याम्पस ईकाई कमिटिको संयुक्त टोली सो घरमा पुगेर सरसफाई गरेको छ भने चुहिदै गरेको छानोमा त्रिपाल समेत ओढाएको छ ।
तस्विर : ताप्लेजुङको ढुंगेसाँघुमा रहेको स्वर्गिय जननेता मदन भण्डारीको पुख्र्यौली घर रेखदेख एवम मर्मत अभावमा जीर्ण अवस्थामा पुगे पछि अनेरास्ववियु ताप्लेजुङले सरसफाई साथै छानोमा त्रिपाल ओढाउँदै ।
स्वर्गिय नेता भण्डारीको घरलाई महत्वका साथ हेरिने गरिए पनि कसैले मर्मत सम्हारमा ध्यान नदिए पछि हामी पुगेर सरसफाई गर्नुका साथै त्रिपाल ओढाउँने सम्मको काम ग¥यौँ संगठनका जिल्ला उपसचिव राजु नेपालीले भने ।
हरेक हिसावले महत्व बोकेको घरमा सवैले साचो बढाउन आवस्यक भएको अनेरास्ववियु संगै स्थानियको बुझाई छ । आन्तरिक वा बाह्य पर्यटकले जुनसुकै ठाउँमा घुम्ने वा भ्रमण गर्ने योजना बनाउँदा निश्चित आशा र अपेक्षा लिएका हुन्छन् साथै अध्ययनको योजना समेत बनाएका हुन्छन् । पर्यटकलाई आकर्षण गर्ने मूलतः सस्कृति, प्रकृति र मानव निर्मित भौतिक संरचनाहरुनै हुन् । यसमा मदन भण्डारीको जन्मस्थल र उनको घर आफैंमा आकर्षणको केन्द्रविन्दु पनि हो ।
बेलाबेलमा भण्डारीको नाम जोडेर निकै शब्दहरुले स्थान पाँउछन्, ईतिहासका पानामा नाम अटाएका भण्डारीको राजनैतिक ईतिहासलाई फर्केर हेर्दा स्वर्णिम शब्दहरु पाईन्छन् अनि सवैको चर्चाको केन्द्र मदन भण्डारी हुन्छन् तर उनको पुख्र्यौली घरले न उनकै चर्चा गर्नेको साथ पाएको छ न त अरु कसैको । ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदनको घरले थकाई मार्ने समय कहिलै नआएको स्थानियबासी एवम सरोकार राख्ने नागरिकको बुझाई छ ।
फोटोहरु पनि संलग्न गरिएको छ । purbeli news


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.