मन्दिरको कमाई चालिस करोड
Advertisement
|
साउन ६ ,पाल्पा । भैरवस्थान गाविसस्थित भैरव मन्दिरले गत आवमा ४० लाख आम्दानी गरेको छ ।
मन्दिरमा भक्तजनले चढाएको भेटी, चन्दा, रोट, बोको, कुखुराको टाउको र परेवा बेचेर मन्दिरले सो आम्दानी गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले जानकारी दिए । मन्दिरमा दैनिक पाँच सयदेखि एक लाखसम्म आम्दानी हुने गरेको छ ।
मन्दिर व्यवस्थापनका लागि तीन जना पुजारी र सात जना अन्य कर्मचारी रहेका छन् । विसं २०६२ देखि मन्दिरको भेटीलाई व्यवस्थित गर्न थालिएको हो ।नेपालीपत्र डटकमबाट साभार।

0 comments
प्रतिक्रिया दिनुहोस्...