Advertisement
|
२४ आषाढ, काठमाडौं—पछिल्ला केही हप्तामा नायिका गौरी मल्ल मिडियामा छाएकी छिन् । त्यसको कारण हो—जापानमा अनुज शाक्य नामका एक नेपालीले उनीमाथि गरेको भनिएको यौन दुर्ब्यवहार ।
जुन गौरी मल्लले जापानस्थित नेपाली दूतावासमा हालेको आफ्नो उजुरीमा उल्लेख गरेकी छिन् । पछिल्लो समय सिंहदरबार नामक टेलिश्रृखलाबाट चर्चामा आएकी गौरी मल्ललाई अनुजले केही समय जापानमा आफ्नो राम्रो चिनजान रहेको, विज्ञापनमा काम मिलाइदिने र जापानी प्रधानमन्त्रीसँग भेटाइदिने शर्तमा बोलाएका थिए ।
दुई लाख रुपैयाँ, एयर टिकट समेत पठाएर अनुजले जापान बोलाएपछि गौरी पनि जापान पुगिन । साप्ताहिककाअनुसार त्यहाँ उनी अनुजले मिलाइदिएकै कोठामा बस्न थालिन ।
क्रमसः त्यहाँ अनुज र गौरीबीच विवाद उत्पन्न भएको बताइएको छ । गौरीले राखेका उनी जापान आएको कुरा बाहिर नभन्ने र उनलाई योगा र शाकाहारी खानपिनको ब्यवस्था गरिदिनुपर्ने सर्त अनुजले तोडेपछि उनीहरुबीच विवाद बढेको बताइएको छ ।
१० दिन अनुजको कोठामा बसेर एक विज्ञापनको काम सकेपछि गाैरी र अनुजबीच भनाभन भएको थियो । त्यही क्रममा अनुजले अपशब्द प्रयोग गरेपछि गाैरीले अनुजले ब्यवस्था गरिदिएको कोठामा १० दिनै छाेडेर हिडेकी थिइन ।
शुक्रबारको साप्ताहिकसँग भने अनुजले गौरी अाफूसँग झगडा गरेर जापानी श्रीमानकोमा पुगेको उल्लेख गरेका छन् । यतिमात्र होइन अनुजले जापानमा रहँदा गाैरीले स्थायी बसोबासका लागि एक जापानीसँग विहे गरेको उल्लेख गरेका छन् । गौरीले सुरुमा जापानी श्रीमानसँग नभेट्न चाहेको र पछि अनुजको घरमा बसिरहेकी उनले त्यहाँ असुरक्षित महसुस गरेपछि जापानी श्रीमानको घर गएको कुरा उनले बताएका छन् ।
‘त्यसपछि आफ्नो जापानी श्रीमान लिएर आएपछि मात्र मसँग गौरीजीले भेट गर्नुभयो । जापानी प्रधानमन्त्रीसँगको भेट र अन्य काम क्यान्सिल भयो । नेपालमा मलाई कसरी हेर्छन थाहा छैन तर जापानमा मेरो आफ्नै खालको मित्रता र सम्पर्क छ । गौरीजीले त्यो सबै ध्वस्त बनाइदिनुभयो । यही आक्रोशमा मैले केही अपशब्द बोले, जसलाई गौरीले यौन हिंसाका रुपमा लिनुभयो । जबकि उहाँलाई पहिलोपल्ट स्वागत गर्दा र अर्को एक पल्ट मैले खुशीले प्रेमपूर्वक अँगालो मात्र मारेको छु, कुनै गलत काम गरेको छैन,’ उनले साप्ताहिकसँग भनेका छन् ।
लगतै जापानी पति भनिएका वृद्ध ब्यक्तिसँग उनी अनुजकहाँ पुगेकी थिइन । त्यसपछि अनुजले गाैरीमाथि विषवमन गर्दै फेसबुकमा जथाभावी स्टाटस लेखेपछि गाैरी अनुजमाथि याैन दुर्ब्यवहार गरेको सहितको उजरी उजुरी हाल्न पुगेकी थिइन । अहिले अनुजले माफी मागेपछि यो केश समाधानतिर उन्मुख रहेको छ ।
तर, गौरीले भने आफ्नो जापानमा भएको भनिएको विवाहबारे कुनै कुरा बोलेकी छैनन् ।स्रोत: नेपालीपत्र डटकम

0 comments
प्रतिक्रिया दिनुहोस्...