-->
‘च्याउ’ ले संजिवनी जस्तै काम गर्ने !
Advertisement

काठमाडौं, यदि तपाई च्याउ खानु हुन्छ भने तपाईका लागी निकै खुसीको खबर छ । अब हड्डिहरू बलियो बनाउका लागी घाममा बस्नु, माछा मासु खानु पर्ने आवश्यकता पर्नेछैन । कुनै पनि प्रजातिको च्याउलाइ सूर्यको पहिलो किरण देखाउनुस, हड्डीलाइ बलियो बनाउने भिटामिन-डी को मात्रा २०० गुणाले बढ्नेछ ।
वैज्ञानिकहरूले गरेको एक अनुसन्धानले यो कुराको खुलासा भएको हो ।
यो खुलासा च्याउ सिटी सोलनमा आयोजित एक मेलाका क्रममा बैज्ञानिकहरूले गरेका हुन । अनुसन्धान केन्द्रका निर्देशालयका निर्देशक डा. मंजीत सिंह का अनुसार अनुसन्धान केन्द्रमा वैज्ञानिकहरूले गरेको एक अध्ययनबाट के पाए भने च्याउमा आर्गेस्ट्रोल तत्व पाइन्छ ।
यसको मात्रालाइ सूर्यको पहिलो किरण (निलो प्रकाश) मा राख्नाले २०० गुणा सम्म बढ्दछ । मात्र मशरूम नै यस्तो सब्जी हो, जसमा स्वाभाविक रूपले भिटामिन डी हुन्छ । च्याउको यस्तो प्रयोगलाइ संजिवनीको बराबर मानिएको छ ।
दैनिक रूपमा मशरूम खाने मानिसमा हड्डी रोगको समस्या हुँदैन । यति मात्र हैन पकाएपछि च्याउमा भिटामिनको मात्रा मात्र १५ प्रतिशत कम हुन्छ । ८५ प्रतिशत सम्म भिटामिन मशरूममा रहन्छ । यस अघि मशरूमलाइ क्यान्सर, एड्स र रक्सी छोडनका लागी निकै उत्तम आहारका रूपमा मानिसकिएको छ ।
भिटामिन डी सबैभन्दा धेरै हड्डीको रोगहरूलाइ रोक्नका लागी आवश्यक हुन्छ । यस बाहेक, जोर्नीहरूको ठिक ठिक बिकास गर्न, युवाहरूमा मधुमेहको खतरा कम गर्न, हृदय रोगका बिरूद्धमा लड्न तथा फोक्सोमा सुधार गर्नका लागी यसको सेवन निकै आवश्यक छ ।
प्रायजसो भिटामिन डि माछा, माछाको तेल, अण्डा, कुखुराको मासु तथा समुद्रमा पाइने जिवहरूबाट प्रप्त हुन्छ । तर शाकाहारीहरूका लागी भने घाममा बस्नु बाहेक केही विकल्प छैन । यसैले नियमित रूपमा मशरूम खानाले हड्डीको रोगबाट सजिलै छुटकारा पाइन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.