Advertisement
|
काठमाडौं, ७ साउन । भारत-पाकिस्तानले दाबी गर्दै आएको कश्मीर राज्यका केही भागमा चीनसँग मिलेर पाकिस्तानले गस्ती गरेपछि भारतीय अधिकारीले चिन्ता जनाएका छन् ।
भारत स्वशाषित कश्मीर क्षेत्रमा पछिल्लो समय हिंसा भड्किरहेका बेला पाकिस्तान स्वशाषित कश्मीर क्षेत्रमा चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए)को सीमान्त रक्षा रेजिमेन्ट र पाकिस्तानको सीमा पुलिस बलले संयुक्त गस्ती थालेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो गस्तीपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतका लागि खतरापूर्ण कदम भनेका छन् । उनले भनेका छन्- ‘अर्काको घरमा आगो लगाउने कार्य आफ्नो लागि पनि खतरापूर्ण हुनेछ ।’
चीनको सरकारी पत्रिका द पिपुल डेली चाइँनाले विहीबार कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्तीको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीरमा दुबै मुलुकका सैन्य टोली आ–आफ्नो मुलुकको झण्डासहित मिलेर गस्ती गरिरहेको देखिएको छ ।
दुई देशका सेनाले कश्मीरदेखि चीनको शिनजाङ्ग सीमा क्षेत्रसम्म संयुक्त गस्ती गरिरहेका छन् । यस क्षेत्रमा सन् २०१४ मा पनि चिनियाँ सेना देखिएको थियो । तर त्यतिबेला चिनियाँ सेनाले मात्र आफ्नो उपस्थिति जनाएको भए पनि पछिल्लो पटक चीन र पाकिस्तानका सेनाले संयुक्त गस्ती गरेपछि भारतमा चिन्ता बढेको हो ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...