Advertisement
|
तपाइँलाई थाहा नै होला धेरै खतरनाक रोगहरु मध्ये क्यान्सर एउटा खतरनाक रोग हो । अझै पछिल्लो समयमा महिलाहरुलाई स्तन क्यान्सरको खतरा बढेको छ । यसका निवारणका लागि महिलाहरु सर्जरी र केमोथेरापी जस्ता चिकित्सा उपचारहरु बढी अपनाउने गर्दछन्।
भनिन्छ रोकथाम उपचार भन्दा राम्रो हुन्छ जुन कुरा शतप्रतिशत सही पनि हो। त्यसै कारण स्तन क्यान्सरको शिकार बनेर यसको निवारण निकाल्नु भन्दा पहिले नै यो रोगको रोकथाम गर्नु बुद्धीमानी हुन्छ। क्यानाडाको पश्चिमी विश्वविद्यालयको चिकित्सक र विध्यार्थीका टिमले यो रोगको रोकथामका लागि निकै नै सजिलो र प्रभावकारी उपाय निकालेका छन्।
उनिहरुले गरेका अध्धयन अनुसार दहीले महिलामा हुने स्तन क्यान्सरलाई निकै हदसम्म कम गर्ने गर्दछ। अध्धयन अनुसार जुन महिलामा स्तन क्यान्सर देखिएको छ उनिहरुले पनि दही सेवन गरेमा यो रोगलाई केही हदसम्म कम गर्न सकिन्छ । आहारमा दहीलाई पनि समेल गरि सेवन गर्दा स्तन क्यान्सारको ब्याक्टेरिया विरुद्ध लाभदायिक ब्याक्टेरियाको अनुपात बढाइदिन्छ जसले गर्दा महिलालाई यो रोग लाग्नबाट बचाँउछ।

0 comments
प्रतिक्रिया दिनुहोस्...