Advertisement
|
काठमाडौं, ७ साउन । एमालेसहित सत्तापक्ष र कांग्रेस–माओवादीको आ–आफ्नै अडानका कारण बुधबार दलहरूबीच सहमति बनेन ।
सहमति प्रयासका लागि सभामुख ओनसरी घर्तीले बिहीबार बिहानै प्रमुख दलका शीर्ष नेताहरूको बैठक डाकेकी थिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सिंहदरबारस्थित सभामुखको कक्षमा डेढ घन्टा भएको छलफलमा दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि बिहान ११ बजे बोलाइएको संसद् बैठक सारिएको थियो ।
सभामुखको उपस्थितिमा दिउँसो १ बजेबाट शीर्ष नेताहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा करिब तीन घन्टा छलफल भयो ।
बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले निकासका लागि भन्दै सबै प्रक्रिया एकै साथ अगाडि बढाउने गरी प्याकेज सहमतिको प्रस्ताव गरेका थिए ।
छलफलमा सभामुख ओनसरी घर्ती, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ र माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र कृष्णबहादुर महरा सहभागी थिए ।
संसद् बैठक शुक्रबार
स्थगित हुँदै आएको संसद् बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ । ३१ असारमा स्थगित बैठक ६ साउनका लागि बोलाइएको थियो ।
दलबीच सहमति नबनेपछि बिहीबार बिहान ११ बजेको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो ।
दलहरूले छलफलको समय मागेपछि सभामुख ओनसरी घर्तीले शुक्रबार दिउासो २ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।
‘छलफल सकारात्मक देखिएकाले राजनीतिक दलका नेताहरूले शुक्रबारसम्म सार्न गरेको आग्रहअनुसार शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ’, सभामुख घर्तीले भनिन्, ‘शुक्रबार सहमति जुट्ने आशा गर्न सकिन्छ ।’
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...