Advertisement
|
ललितपुर, ३१ असार । ललितपुरमा विवाह समारोहमा झडप भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देवीचौर–७ घोडा कुदने डाँडामा बैवाहिक कार्यक्रमको नाचगान गर्ने क्रममा विवाद भई झै–झगडा हुँदा सोही ठाउँ बस्ने २४ बर्षीय प्रवेश तामाङ, २० बर्षीय सोनाम तामाङ र २२ बर्षीय सुर्य तामाङ घाइते भएका छन् ।
विहिबार राति सोही ठाउँ बस्ने ३५ बर्षीय मनिक थिङ, ३२ बर्षीय राजकुमार थिङ, २४ बर्षीय बिशाल थिङ र २३ बर्षीय अमित थिङ लगायतका ब्यक्तिहरुले धारिलो हतियार तरवार प्रहार गर्नुको साथै भरुवा बन्दुकबाट गोली समेत प्रहार गर्दा घाइते भएका उनीहरुलाई उपचारको लागि पाटन अस्पताल लगिएकोमा खुट्टामा भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते प्रवेश तामाङलाई थप उपचारको लागि शिक्षण अस्पतालमा लगिएको छ । सोनाम र सुर्य तामाङ उपचार पश्चात घर फिर्ता भएका छन् ।
प्रहरी बृत्त चापागाँउ र प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको १ थान भरुवा बन्दुक, १ थान तरवार सहित १५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...