-->
कुन–कुन अस्पतालमा हुन्छ मृगौला पीडितको निशुल्क उपचार ?
Advertisement

साउन ७
काठमाडौं–आर्थिक बर्ष २०७३/७४ को बजेट विधेयक संसदले पास गरेसँगै मृगौला पीडितले निशुल्क उपचार पाउने भएका छन् । बिरामीले देशभरका विभिन्न २३ अस्पतालमा निशुल्क उपचार गर्न पाउने छन् ।
जसमध्ये उपत्यकाभित्र विर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली, नेपाल मेडिकल कलेज जोरपाटी, बिएण्डबि अस्पताल ललितपुर, आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर, नेशनल डायलाइसिस सेन्टर बसुन्धारा रहेका छन् ।
त्यस्तै उपत्यका बाहिर बी.पी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा, नारायणी उप–क्षेत्रिय अस्पताल वीरगन्ज, कोशी अञ्चल अस्पताल विराटनगर, जनकपूर अञ्चल अस्पताल धनुषा, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा, कलेज अफ मेडिकल साइन्सेज चितवन, मणिपाल मेडिकल कलेज पोखरा, गण्डकी मेडिकल कलेज पोखरा, विराट अस्पताल विराटनगर, गोल्डेन अस्पताल विराटनगर, धुलिखेल अस्पताल काभ्रेमा निशुल्क उपचार गर्न पाइने छ ।
ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.