-->
काठमाडौंवासीलाई ठुलै खुसीको खबर ! अब मात्र १५ महिना कुर्नु पर्ने ..
Advertisement

काठमाडौं । जलस्रोतमा विश्वको दोस्रो धनी राष्ट्र नेपालमा एक बोतल मिनलर वाटरको २० रुपैयाँ पर्छ। २० लिटरको एक जार पानीलाई ५० रुपैयाँ पर्छ । एक ट्याङ्कर पानीको २ हजारदेखि २५ सय रुपैयाँसम्म पर्छ । पैसा तिरेर पनि राजधानीबासीले शुद्ध खानेपानी पाउन सकेका छैनन् । राजधानीमा झण्डै पचास लाखको हाराहारीमा मानिसहरु बसोबास गर्छन । हाल दस लाख मानिसहरुले सरकारले उपलब्ध गराउदै आएको पानी उपभोग गर्दै आएका छन् भने बाँकी मानिस जमिन, जार र ट्याङ्करको महंगो पानी पिउन बाँध्य छन् । खानेपानीको मुल्य पनि फरक–फरक रहेको छ । देश पानीको स्रोतमा धनी भएपनि नागरिकहरु महंगो मुल्यमा खानेपानी पिउन बाँध्य छन् । राजधानी काठमाडौं सहित देशका ठूलो शहरहरु जार र ट्याङकरमा नै निर्भर रहेका छन् ।एक बर्ष अघि आएको विनाशकारी भुकम्पले राजधानीका प्रमुख पानीको मुहानहरु सुकेपछि थप आंतङ्क भएको छ । राजधानीका अधिकाशं ढुङ्गेधारा सुकेका छन् । बीस बर्षअघिबाट सुरु भएको मेलम्ची खानेपानी आयोजना समयमा सम्पन्न नहुँदा थप पिरलो थपिएको छ । २०७३ बैशाखमा राजधानी काठमाडौंमा मेलम्चीको पानी आउने हल्ला चले पनि मेलम्चीको पानी खान अझै १५ महिना कुर्नुपर्ने भएको छ । ‘डेढ वर्षमा ‘मेलम्ची’ काठमाडौँ आइपुग्छ’– मन्त्री सिंह मेलम्ची–सुन्दरीजल २७ किलोमिटर सुरुङ मार्ग मध्ये हाल १७ मिलोमिटर मात्र सुरुङ निर्माणको काम सम्पन्न भएको छ । सुन्दरीजल तर्फ पाँच किलोमिटर र मेलम्चीको मुहान तर्फ १२ मिलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । अझै १० किलोमिटर सडक खन्ने काम बाँकी रहेको छ । वीस बर्ष अघिबाट निर्माण कार्य सूरु गरिएको खानेपानी आयोजना सम्पन्न हुन अझै १५ महिना कुर्नुपर्ने भएको हो । १५ महिनामा दस किलोमिटर सुरुङ निर्माणको काम पनि कठिन रहेको छ प्राकृतिक विपत्ति र कुनै बाधा नभए अबको १५ महिनापछि राजधानीबासीले १ रुपैयाँ ७० पैसामा एक लिटर खानेपानी पाउने भएका छन् । मेलम्चीबाट पानी राजधानी आएपछि सरकारले १ रुपैयाँ ७० रुपैयाँ निर्धारण गर्न लागेको हो । सरकारले खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । आयोजनाको लागि आवश्यक पर्ने बजेट उपलब्ध गराएको छ । कुनै पनि अवरोध नपुर्याउन सरकारले पूर्व सावधानी पनि अपनाएको छ । मेलम्चीको पानी ल्याउन सुरुङ निर्माणसँगै राजधानीबासीको घरघरमा खानेपानीको पाइप विस्तार गर्ने कामले पनि गति लिएको छ । सुन्दरीजलमा मेलम्चीबाट पहिलो चरणमा आउने प्रतिदिन १७ करोड लिटर पानीको व्यवस्थापन गर्नको लागि पानी प्रशोधन गर्ने पोखरीको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माण, सुन्दरीजलमा पानी प्रशोधन केन्द्र र राजधानीका घरघरमा पाइपलाइन विस्तारको काम तिब्र गतिमा अगाडि बढेपछि राजधानीबासीमा खानेपानी आउने आशा पलाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले राजधानीमा विछ्याउनु पर्ने ६ सय ७० किलोमिटर पाइप मध्ये ३ सय ५२ किलोमिटर विछ्याईसकेको बताएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिला प्रसाद ढकालले हाल दैनिक १ किलोमिटरका दरले पाइप विछ्याउने काम भइरहेको र २४ हजार ५ सय ४० घरमा धारा पनि जडान भईसकेको बताए । मेलम्ची खानेपानी विकास समितिले अबको १२ देखि १५ महिनाभित्र मेलम्चीको पानीलाई काठमाडौं उपत्यकामा वितरण गर्ने दावी गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसमा रहेको मेलम्ची नदीको मुहानदेखि सुन्दरीजलसम्मको झण्डै २७ किलोमिटर लामो सुरुङ खनेपछि बल्ल मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्नेछ । सुरुङ मार्गको ६२.१५ प्रतिशत काम सम्पन्न भएको र मासिक ८ सय देखि ९ सय मिटर सुरुङ निर्माणको काम भईरहेको छ । मेलम्ची खानेपानी विकास समितिका उप–कार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले दैनिक १७ करोड लिटर पानी प्रशोधनका गर्ने सुन्दरीजलको प्रशोधन केन्द्रको झण्डै ८० प्रतिशत काम सकिएको बताए । ८ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माणका मुख्य संरचनाहरु थिग्राउने इकाई, फिल्टर इकाई, पानी ट्यांकी, पानी नियन्त्रण घर र विद्युत उत्पादन इकाईको गरी झण्डै ८८ प्रतिशत काम सम्पन्न भएको बताउदै श्रेष्ठले कुनै प्राकृतिक विपत्ति नपरे तोकिएकै समयमा राजधानीबासीलाई पानी पुर्याउने बताए । मेलम्चीबाट आएको खानेपानीलाई व्यवस्थित र समानुपातिक ढंगले वितरण गर्नको लागि आयोजना कार्यान्वयन निर्देशनालयले आरुबारीमा ८ हजार ५ सय घन मिटर, महांकालचौरमा ८ हजार घन मिटर, बाँसबारीमा ९ हजार ५ सय घन मिटर, पानीपोखरीमा ७ हजार ५ सय घन मिटर, खुमलटारमा ९ हजार ५ सय घन मिटर र बालाजुमा ७ हजार घन मिटरका पानी पोखरीहरु निर्माण गरिरहेको छ । मेलम्चीको पानी आएपछि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अहिले आपूर्ति गर्दै आएको १० करोड लिटर पानी सहित दैनिक २७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि याङरी र लार्के नदीको पानी समेत डाइभर्सन गरी दैनिक ५१ करोड लिटर पानी, काठमाडौं उपत्यकामा ल्याउने तयारी छ ।मेलम्चीको पानी वितरण हुन थालेपछि याङग्री र लार्के स्रोतबाट प्रति दिन थप ३४ करोड लिटर पानी काठमाडौं ल्याउने कामको योजना निर्माणको काम अगाडि बढेको श्रेष्ठले बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.