Advertisement
|
दुई जना अश्वेत नागरिकको हत्या गरेको विरोधमा आयोजित र्यालीका क्रममा अज्ञात बन्दुकधारीले चार जना प्रहरीको हत्या गरेका छन् । डालास प्रहरीका अनुसार र्याली भइरहँदा स्नाइपरहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।
प्रहरीसँगको भिडन्तपछि एक जना संदिग्ध आक्रमणकारी पक्राउ परेको र अर्कोले प्रहरी समक्ष आत्मसमर्पण गरेको डालास प्रहरीले जनाएको छ ।
र्यालीकै क्रममा गोलीबारी शुरु भएपछि भागदौड मच्चिएको थियो । प्रहरीले दुई अश्वेत नागरिक, मिनिसोटामा फिलान्डो क्यासिल र लुसियानामा एल्टन स्टर्लिङ, को हत्या गरेपछि बिरोध र्यालीको आयोजना गरिएको थियो । उक्त घटनाको व्यापक विरोध भइरहेको छ भने यस्ता र्याली अमेरिकाका विभिन्न सहरमा आयोजना भइरहेको छ ।
डालास प्रहरीका प्रमुख डेभिड ब्राउनले ११ जना प्रहरीमाथि स्नाइपरहरुले ‘एम्बुस’ गरेर गोली प्रहार गरेको जानकारी दिए । शुरुमा तीन जनाको मृत्यु भएको बताइएकोमा पछि संख्या चार पुगेको प्रहरीले बताएको छ । ‘यो घटना नियोजित देखिन्छ ।
उनीहरु सकेसम्म धेरै प्रहरीलाई मार्न र घाइते बनाउन चाहन्थे,’ ब्राउनले भने । प्रहरीले घटनामा संदिग्ध रहेको एक व्यक्तिको तस्विरसमेत जारी गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...