Advertisement
|
मुम्बई । अभिनेत्री श्री देवी र फिल्म निर्माता बोनी कपुरकी जेठी छोरी जान्वी १९ बर्ष भईसकेकी छिन् ।
उनलाई दर्जनौ फिल्ममा लिड रोलका लागि अफरहरु पनि आईसकेका छन् । तर फिल्म निर्माताहरुको यो कोशिस बिफल भएको छ ।
हालै मात्र गजिनी र होलिडे जस्ता बलिउड फिल्म र केहि साउथ फिल्म निमार्ण गरिसकेका ए आर मुरुगदासलाई पनि यस्तै भयो । उनी आफ्नो आगामी तेलुगु फिल्ममा जान्वीलाई लिन चाहन्थे ।
यसको लागि उनले श्रीदेवी र बोनीसँग कुरा गरे । तर, सफल भने भएनन् । १५० करोडको बजेटमा बन्न लागेको फिल्ममा महेश बाबु लिड रोलमा छन् ।
निर्माता महेश बाबुको अपोजीट जान्वीलाई राख्ने ईच्छासहित जान्वीका आमा बुवालावाई भेटेका थिए । कुराकानी पछि बोनीले स्वीकृति दिएका थिए । तर श्री देवीले अहिले नै जान्वीको फिल्ममा आउने समय नभएको बताएकी थिइन् ।
श्री देवी आफ्नी छोरीको फिल्म ब्रेक ठूलो स्तरबाट गर्न चाहन्छिन् । यहि कारण उनले जान्वीलाई अझै केहि समय फिल्ममा नआउन सल्लाह दिईरहेकी छिन् ।
त्यस्तै जान्वीले पनि फिल्मका लागि नाइ भनेको खबर छ । जान्वी फिल्ममा आउन त चाहन्छिन् तर अहिले होइन ।
हाल उनी अमेरीकाको लस एन्जल्स स्थित ली स्ट्रासबर्ग थिएटर एण्ड फिल्म ईन्स्टिच्युटमा अभिनय सिकिरहेकी छिन् ।
एजेन्सीको सहयोगमा

0 comments
प्रतिक्रिया दिनुहोस्...