Advertisement
|
एजेन्सी । बिहे भएको १० दिन नबित्दै बच्चा जन्मिए पनि भारतको एक परिवारले बच्चा र आमालाई स्विकारेका छन् । भारतको रायसेन जिल्लाको मोतीपुराको एक परिवारले बुहारी भित्र्याएको १० दिनमा नै नाती जन्माएपछि महिलाका सासु ससुराले कसरी यस्तो भयो भन्ने प्रश्न गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
जवाफमा ति महिलाले १० महिना अघि धम्की दिँदै २२ वर्षे काशीराम सिलावतले बारम्बार बलात्कार गरेको बताइन् । काशीराम सिलावतले उनलाई बारम्बार बलात्कार गर्दै आएको र प्रहरीमा सुराकी लगाए ज्यान मार्ने धम्की दिएपछि उनी चुप बसेकी थिइन् ।
यो घटनाको रोचक पक्ष त अझ के छ भने बलात्कारी काशीराम सिलावतसँग मिलेर यौन सम्बन्ध राख्न महिलाका पति १ वर्ष अघि एकसाथ पुगेका थिए । उनले समेत उक्त समयमा सम्बन्ध राखेको बताइन्छ । काशीरामले जबरजस्ती गरेको विषयलाई ति महिलाले अहिले आएर प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले ति महिलाको स्वास्थ्य परिक्षण गरेर बच्चाको डिएनए डेस्ट समेत गरिसकेको छ ।Gorkhali khabar

0 comments
प्रतिक्रिया दिनुहोस्...