-->
प्रचण्ड बालुवाटार पुगे, ओलीसँग सहयोग माग्ने
Advertisement

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रचण्डका साथमा नेताद्धय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पनी वालुवाटार प्रवेश गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनको लागि सहयोग माग्ने बताइएको छ । यसै विषयमा दुई दलबीच छलफल पनी हुनेछ ।
नयाँ सरकार गठनका लागि प्रचण्डले आज दिउँसो आन्दोलन मधेसी मोर्चाका नेताहरुसँग छलफल तथा परामर्श गरेका थिए । त्यसलगत्तै उनी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.