Advertisement
|
असार १९ । बर्दिबास – माओवादीको लालकिला मानिने महोत्तरीको बर्दिबासमा अस्थाई शिक्षकहरुले शिक्षा विद्येयकको खारिजीको माग गर्दै माओवादी केन्द्र पाटिबाट शिक्षा मन्त्री बनेको गिरिराजमणि पोखरेललको पुतलादहन गरेका छन् ।
पूर्व—पश्चिम राजमार्ग अन्र्तगत बर्दिबासबाट सिन्धुली तर्फ जाने दुई मुखे धारा अगाडी दर्जनौको संख्यामा रहेका अस्थाई शिक्षकहरुले सरकार, शिक्षा मन्त्री विरुद्ध नाराबाजी गर्दै मन्त्रि पोखरेलको पुतला दहन गरेका हुन् ।
राष्टपतिले प्रमाणिकरण गरेकोे शिक्षा विधेयक आएको अवसरका आज बिहान जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षा निर्देशनालय मध्यमाञ्चलले मन्त्री पोखरेलको उपस्थितिमा बर्दिबासमा अन्तरक्रियात्मक चियापान कार्यक्रम गरेको थियो । कार्यक्रम सम्पन्न भएको ३ घण्टा नवित्दै महोत्तरीका अस्थाई शिक्षकहरुले मन्त्रि पोखरेलको पुतला दहन गरेका छन् ।
विगतमा
सरकारसंग भएको समझौता लागु गर्नु पर्ने, २०६६ सालमा सर्वोच्च अदालतले सरकारलाई दिएको परमआदेश कार्यान्वय गर्नु पर्ने र शिक्षा विद्येयकलाई खारिजीको माग गर्दै महोत्तरीका झन्डै ३५० अस्थाई शिक्षकहरु आन्दोलित भएका छन् ।
अस्थाई शिक्षकहरुलाई एक पटक प्रतिस्पर्धामा भाग लिन मौका दिई फेल हुनेहरुलाई स्थाई शिक्षक सरह सुविधा दिई विदाई गर्नु पर्ने अस्थाई शिक्षक शिवपुजन रायले बताए ।
‘शिक्षा विद्येयकको ८ औं संशोधन अस्थाई शिक्षकहरुको बिरुद्धमा छ ,’ अस्थाई शिक्षक आन्दोलन समिति महोत्तरीका अध्यक्ष राधेश्याम झाले भने, ‘सरकारले शिक्षा विधेयक ल्याएर बर्षौदेखि काम गर्ने काम गर्ने नेपालका १७ हजार अस्थाई शिक्षकहरुलाई मारमा पारेको छ ।’
शिक्षाको नयाँ विद्येयकमा अस्थाई शिक्षकहरुलाई खुल्ला प्रतिस्पर्धामा जान सक्ने र खुल्ला प्रतिस्पर्धामा जान नचाहनेको लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था गरेका छ । प्रतिस्पर्धामा जाने शिक्षकहरुले भने गोल्डेन हेल्डेन ह्यान्डसेक लिन नपाउने व्यवस्था छ ।
रातोपाटीबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...