Advertisement
|
बिगुल स्वास्थ्य, काठमाडौँ । आजकल धेरै युवा तथा युवतीहरु डण्डीफोरका कारण निकै चिन्तीत हुने गर्दछन् । कतिपयको प्रेमसम्बन्ध यस्तै डण्डीफोरका कारणले छुट्ने गरेको सुन्न यदाकदा पाईन्छ ।
डण्डीफोर छालामा आउने एक प्रकारको रोग मात्र हो सही उपचार हुन सकेमा यसको समस्या समाधान हुन्छ । तर डण्डीफोर सञ्चो बनाउने भन्दै अनेन औषधीको प्रयोग गर्नाले सञ्चो हुनुको साटो उल्टै अनुहार टाटेपाँग्रे पनि हुन सक्छ बिचार पूर्याउनुहोला ।
मानिसको शरीरमा हुने रौँ को फेदमा ससाना प्वालहरु हुन्छन्, यसैगरी यस्तै रौँ को जरामा जोडिएर बसेका केही गल्याडहरु हुन्छन् । यि ग्ल्याडहरुले छाला चिल्लो बनाउन चिल्लो पदार्थको उपादन गर्दछन् ।
कुनै समयमा यस्तै ग्ल्याडले उत्पादन गरेको चिल्लो पदार्थ बाहीर निस्कन नपाएमा अथवा रौँ को फेदको प्वाल बन्द भएमा यस्ता पदार्थहरु शरीर भित्रै रहन्छन् । यसरी जमेका पदार्थहरुनै डन्डीफोरको रुप लिन पुग्छन् । कहिले पिम्पल्सको रुप लिन्छन् ।
यस्तो प्रकारको डन्डीफोरका चारवटा लक्षण हुने गर्दछन् । स्वास्थ्य विज्ञानले गरेको ग्रेडिङ अनुसार डन्डीफोरको पहिलो चरण ब्ल्याक हेड हो । काला स साना गिर्खा अनुहारमा आउने अवस्थालाई नै ब्ल्याक हेड भनेर चिनिन्छ । चौथो चरणमा पुगेको डण्डीफोरमा पीप तथा रगत जमेको हुन्छ । यस्तो प्रकारको डन्डीफोर आइसकेपछी ब्याक्टेरीयाको खतरा हुने गर्दछ । साना साना समस्याले इन्फेक्सन हुने भएकाले यसले छालालाई हानी पुर्याउदछ ।
अनुहार लगायत छाती, कुम, तथा ढाडमा पनि डन्डीफोर आउने संभावना रहन्छ । कपडाले ढाकिने भागमा आएको डण्डीफोरले खासै फरक नपरे पनि बेलैमाथि उपचार गर्नु राम्रो हुन्छ ।
छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ । डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ । डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीनचारपटक मुख धुनुपर्छ ।
डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ । डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नुपर्छ ।
डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न सकिन्छ ।
-स्वास्थ्य खबरपत्रिका

0 comments
प्रतिक्रिया दिनुहोस्...