-->
हलिउडबाट फर्किएकी दीपिकाले बढाइन पारिश्रमिक, बलिउड रेकर्ड तोड्दै
Advertisement

मुम्बई । हलिउड फिल्मको शुटिङ सकेर बलिउड फर्किएकी अभिनेत्री दीपिका पादुकोणले आफ्नो ‘फिस’ अर्थात पारिश्रमिक बढाएकी छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जय लीलन भन्सालीको फिल्म ‘पद्मवती’ छानिएकी दीपिकाले काम सुरु गर्नका लागि आफ्नो फिस बढाएकी हुन् । यसअघि भन्सालीकै हिट फिल्म ‘बाजीराव मस्तानी’मा दीपिकाले ७ देखि ८ करोड फिस लिएकी थिइन् ।
तर, उनले नयाँ फिल्म पद्मवतीमा ११ देखि १२ करोडसम्म पारिश्रमिक मागेको समाचारमा जनाइएको छ । यदि उनले मागेको यो पारिश्रमिक पाए दीपिका बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बन्नेछिन् । अहिले बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामा कंगना रनावत एक नम्बरमा छिन् । उनले १० करोड पारिश्रमिक लिन्छिन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.