-->
अभिनेता सञ्जय दत्तका लागि श्रीमतीको खोजी
Advertisement

मुम्बई । निर्देशक संजय माञ्जरेकरले अभिनेता संजय दत्तसँग नयाँ फिल्मको शूटिङको तयारी गरेका छन् । फिल्ममा सञ्जय दत्त करीब ४० वर्षीय बाबुको भूमिकामा देखिनेछन् । हिट मराठी फिल्म ‘दे धक्का’को रिमेकका रुपमा नयाँ फिल्म बन्नेछ । फिल्मको घोषणा सञ्जय दत्तको ५७औँ वर्षको जन्मदिनको अवसरमा गरिनेछ । जेलमा सजाय काटेर रिहा भएका अभिनेता सञ्जय दत्तले यो फिल्मबाट राम्रो अपेक्षा लिएका छन् ।
फिल्म हाँस्यप्राधन हुनेछ । मांजरेकरले भनेका छन्, ‘सञ्जय दत्त ४३ या ४४ सालका बाबुको भूमिकामा फिल्ममा देखिने छन् । पंजाबी व्यक्तिको भूमिकामा देखिने सञ्जय दत्त सरदारका रुपमा देखिने छैनन् ।’ सञ्जय दत्त र ६३ वर्षीय फिल्मकार मांजरेकरले यसअघि ‘वास्तव’, ‘कुरूक्षेत्र’ र ‘रक्त’ जस्ता फिल्ममा एक साथ काम गरिसकेका छन् । निर्माताले फिल्ममा सञ्जय दत्तकी श्रीमतीको भूमिकाका लागि अभिनेत्री खोजी रहेका छन् । फिल्मको शूटिङ आगामी वर्षको जनवरीभित्र गरिनेछ । फिल्मको रिलिज भने सन् २०१७ को अगस्टभित्र हुनेछ । – एजेन्सी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.