-->
खाना पकाउने ग्यास सहित पेट्रोल–डिजेलमा भाउ घट्यो
Advertisement

काठमाडौं १८ साउन – खाना पकाउने ग्यास सहित पेट्रोल र डिजेलको भाउ घटेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर २ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभएको छ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ९९ बाट ९७ रुपैयाँ भएको छ भने डिजेल, मट्टितेलको ७५बाट घटेर ७३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासमा प्रति सिलिन्डर १४ सय रुपैयाँबाट १३ सय ७५ रुपैयाँमा भएको निगमले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.