दूध बेचेरै मासिक नौ लाखसम्म अाम्दानी
Advertisement
|
पोखरा, २१ साउन । मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका छन् कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ ।
तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेको उनले दूध बिक्रीबाट मासिक नौ लाख रुपैयाँ आम्दानी गर्दैै आएका छन् । उनको गोठमा ३०० वटा उन्नतजातका भैँसी र १२ वटा गाई छन् । ‘दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन हुन्छ’ गुरुङले भने ।
उत्पादन भएको दूधमध्ये भैँसीको प्रति लिटिर ८० र गाईको प्रतिलिटर ५० मा पोखरामा ल्याएर बिक्री गर्ने गरेको उनले बताए । गुरुङको प्रेरणाबाट नै उक्त गाउँका ६०-६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गर्ने गरेका छन् । उनले आफनो ७० रोपनी जमिनमा घाँसखेती लगाएका छन् । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...