धोका भयो भन्दै मधेसी मोर्चाले प्रचण्डलाई भोट नहाल्ने !
Advertisement
|
काठमाडौं, १९ साउन । तीन दिनदेखि कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनले थालेको सहमति प्रयास मंगलबार साँझसम्म निष्कर्षमा नपुग्दा अलपत्र पर्ने देखिएको छ ।
बुधवार बिहानसम्म संवादमा प्रगति नभए मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले प्रधानमन्त्रीका प्रत्यासी प्रचण्डलाई समर्थन नगर्ने घोषणा गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गठबन्धनसित ४२ सांसद छन् । गठबन्धनका संयोजक उपेन्द्र यादवले कांग्रेस र माओवादीसँग हुन लागेको सम्झौतामा धोका भएकाले प्रधानमन्त्री चुनावमा प्रचण्डलाई भोट नहाल्ने बताए ।
मंगलबार साँझसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि यादवले विना सम्झौता भोट खसाल्नुको कुनै अर्थ नहुने बताएका हुन् ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...