-->
ओलीले आजै बालुवाटार छोड्ने, वेलकम ब्याक भन्दै बानेश्वरबाट बालकोटसम्म प्रदर्शन हुने
Advertisement

काठमाडौं, साउन १९ – पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारनै सरकारी निवास बालुवाटार छोड्न लाग्नुभएको छ ।
संसद बैठक सकिएपछि उहाँ बालुवाटारबाट आफ्नो निवास भक्तपुरको बालकोट फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई उहाँका समर्थकले बानेश्वरबाट स्वागत गर्दै बालकोट पुर्याउने तयारी गरेका छन् ।
समर्थकले वेलकम ब्याक भन्दै नयाँ बानेश्वरबाट ओली निवास बालकोटसम्म प्रदर्शन गर्न लागेका हुन् । स्वतन्त्र युवा अभियानले ओलीलाई बालकोटसम्म स्कर्टिङ गरेर लैजाने र त्यसका लागि स्वाभिमानी र देशभक्त युवालाई राष्ट्रिय झन्डासहित १ बजे बानेश्वर चोकमा उपस्थित हुन आग्रह गरेको छ ।
प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रियता र विकासको पक्षमा काम गरेकाले उहाँलाई सम्मान गर्न लागिएको अभियानले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.