-->
जुडोकी फुपुल्हामु ओलम्पिकबाट बाहिर
Advertisement

ओलम्पिकमा ऐतिहासिक प्रदर्शन गर्दै जुडोकी फुपल्हामु खत्री प्रतियोगिताबाट बाहिरिएकी छिन् । ६२ केजी तौल समुहमा क्युबाकी मरिसेट इस्पिनोसासँग पराजित भएकी फुपुले पुरा ४ मिनेट खेलमा टिकेकी थिइन । सुकिकोमी गोसी टेक्निकमा वाजाअरीबाट अंक गुमाउदै फुपुले अन्तिम ३२ को खेल क्युबाकी मरिसेट इस्पिनोसालाई सुप्पिइन् । ३ पेनाल्टी पाएकी फुपुले एक इप्पोन र एक योकोमा व्यहोरिन् ।
प्रतिद्धन्द्धी बलियो भएकाले ४ मिनेट टिकेर खेल्न सक्नु नेपालको ऐतिहासिक प्रर्दशन भएको नेपाल जुडो संघका महासचिव धर्म श्रेष्ठले बताउनुभयो । फुपुलाई हराउने इस्पिनोसा पान अमेरिका जुडो च्याम्पियनसिपमा २०१३ र १४ की स्वर्ण विजेता हुन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.