-->
प्रचण्ड यसपटक एक लाखको खाटमा नसुत्ने, केपी ओलीकै खाटमा तन्ना फेर्न निर्देशन
Advertisement

काठमाण्डु, २१ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारस्थित सरकारी निवासमा नयाँ फर्निचर सामग्री खरिद नगर्न निर्देशन दिएका छन् ।
प्रचण्डको निर्देशनमा पुत्र प्रकाश दाहालले सहरी तथा भवन निर्माण विभागका अधिकारीलाई टेलिफोन गरी नयाँ सामग्री नकिन्न भनेका हुन् ।
प्रकाशका अनुसार प्रधानमन्त्रीले यसअघि प्रयोग गरिएकै खाट र फर्निचर प्रयोग गर्नेछन् । हरेकपटक प्रधानमन्त्री फेरिँदा नयाँ सामग्री खरिद गर्नाले राज्यलाई ब्ययभार पर्ने भएकाले मितव्ययिता अपनाउन नयाँ सामान नकिन्ने निर्णय भएको उनने सुनाए । काठमाण्डौँ टूडे मा खबर छ ।
‘बेड सिटहरु मात्र किन्न भनेको छु’, प्रकाशले भने, ‘प्रधानमन्त्रीले अहिले जे छ त्यही प्रयोग गर्ने भन्नुभएको छ ।’ पहिलोपल्ट प्रधानमन्त्री हुँदा एक लाखभन्दा बढी मुल्यको खाटमा सुतेको भन्दै प्रचण्ड आलोचित भएका थिए ।
यसपटक पनि त्यस्तै अवस्था आउन सक्ने भन्दै पहिल्यै सचेतता अपनाइएको एक पारिवारिक सदस्यले बताए ।
स्रोतका अनुसार प्रधानमन्त्री भएकै दिन बुधबार र बिहीबार भएको पारिवारिक जमघटमा नातेदारहरुले समेत सरकारी निवासमा नयाँ सामान खरिद नगर्ने सुझाव दिएका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.